च्यासलले भित्रायो जापानिज मिडफिल्डर

काठमाडौं (खेलदैनिक) । च्यासल युथ क्लबले नयाँ सिजनको ए डिभिजन लिगका लागि जापानिज खेलाडी जुनिची ओजावालाई अनुबन्ध गरेको छ ।

मिडफिल्ड पोजिसनमा खोल्ने ओजावाले यसअघि मंगोलियाको गोयो एफसी र लाओसको प्रबाङ एफसीबाट व्यवसायीक फुटबल खेलेका थिए । ओजावाको अनुबन्धबारे च्यासलले पुष्टी गरे तापनि आर्थिक सम्झौताबारे भने केही खुलाएको छैन ।

स्मरणीय छ, हालै फ्रेण्डस क्लबले पनि तीन ब्राजिलियन खेलाडीलाई क्लबमा भित्राएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग आगामी महिनादेखि शुरु गर्दैछ ।

त्यसका लागि सहभागि क्लबहरुले आवश्यक तयारी पनि शुरु गरिसकेका छन् । लिगमा काठमाडौंका कुल १४ टोलीहरुले सहभागिता जनाउने छन् ।

जुनिचीले मंगोलियामा खेलेको उनको भिडियो पनि हेर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस

Loading...