हेटौडामा राष्ट्रिय एट ए साईड फुटबलको तयारी तिव्र

हेटौडा (खेलदैनिक) । यहि मङ्सिर १८ गतेदेखि २१ गते सम्म हेटौंडामा आयोजना हुन गईरहेको राष्ट्रिय एट ए साइड फूटबल प्रतियोगिताको लागी मैदान निर्माण कार्यलाई तिब्रता दिईएको छ ।

हेटौंडा भेट्रान्स क्लबको आयोजनामा ४० ओभर एट ए साइड राष्ट्रिय फूटबल प्रतियोगिताको पाचौं सस्करण हेटौंडाको हुप्रचौरमा हुनेभएको हो । चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको अन्य तयारीहरु पनि तिव्र पारिएको आयोजक हेटौडा भेट्रान्सका सचिव ज्ञानु क्षेत्रीले बताए ।

मैदानको स्तर राम्रो भए खेलाडीले आफ्नो क्षमता अनुसार प्रर्दशन गर्न सक्ने सचिव क्षेत्रीको भनाई थियो । प्रतियोगिताको विजेताले उपाधिसहित १,१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०, ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा काठमाडौ, बुटवल, कैलाली, चितवन, पोखरा, सिमरा, वीरगन्ज, चपुरबाट कुल १६ वटा टिमले सहभागीता जनाउनेसमेत सचिव क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...