साग पुरुष फुटबल : नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली खेलकुद (साग) का लागि पुरुष फुटबल स्पर्धातर्फको खेलतालिका सार्वजनिक गरिएको छ । यहि मंसिर १५ गतेदेखि शुरु हुन गईरहेको सागको पुरुष फुटबलतर्फ नेपाल समूह ए मा परेको छ ।

नेपालको समूहमा बंगलादेश र भुटान छन् । त्यस्तै समूह बी मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग मंसिर १५ गते नै खेल्नेछ भने दोस्रो खेल १९ गतेका दिन भुटानसँग खेल्नेछ ।

दुई समूहका शिर्ष दुई टोली सेमिफाइनलमा भिड्ने छन् । पुरुष फुटबलतर्फका सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् । स्मरण रहोस, गत संस्करणमा नेपालले दावेदार मानिएको आयोजक भारतलाई हराउँदै साग फुटबलमा ऐतिहासिक स्वर्ण जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...