आर्मीलाई स्तब्ध पार्दै बीबीसी सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लब जारी तेस्रो चन्द्रागिरी मेयर गोल्डकप ए डिभिजन नकआउट फुटबल प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ ।

बिहीबारदेखि शुरु भएको क्वाटरफाइनल खेलतर्फ आर्मीले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) सँग १–० को झिनो अन्तरले स्तब्धपुर्ण हार बेहोर्न पुग्यो । पुरानो नैकाप स्थित खेलमैदानमा भएको पहिलो क्वाटरफाइनल भिडन्तमा बीबीसीका लागि विदेशी खेलाडी उडे ग्लोरीले ३०औं मिनटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

ग्लोरी खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल थ्रीस्टार क्लब र फ्रेण्डस क्लबबीच हुने आयोजकले जनाएको छ ।

दिपशिखा युवा समुह, चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ३ लाख २५ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...