ताइपेइको पोष्टमा जोर्डनको पाँच गोल

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ नेपालकै समूहमा रहेको जोर्डनले मंगलबार राती अर्को खेलमा फराकिलो जित हात पारेको छ । अम्मान स्थित घरेलु मैदानमा भएको खेलमा जोर्डनले चाइनिज ताइपेईमाथि ५–० को फराकिलो जित निकाल्यो ।

जोर्डनले यसअघि ताइपेईलाई उसकै घरमा २–१ ले हराएको थियो । यो नतिजापछि ५ खेलबाट १० अंक जोडेको जोर्डन समूह बी को तेस्रो स्थानमा यथावत छ । समान १० अंक भए तापनि कुवेत राम्रो गोल भिन्नताका आधारमा दोस्रो स्थानमा छ । त्यस्तै एक खेल कम खेल्दै १२ अंक जोडेको अष्ट्रेलिया शिर्ष स्थानमा छ ।

https://twitter.com/theafcdotcom/status/1196856669206196224

उता ३ अंक जोडेको नेपाल भने जोर्डन पछि चौथो स्थानमा छ भने अंकविहीन ताइपेई पुछारमा छ । रिपोर्टअनुसार लगातार पाँचौ हारसँगै ताइपेईको विश्वकप छनौटको यात्रा भने लगभग समाप्त भएको छ । यद्यपि एसियन कप छनौटको झिनो सम्भावना भने कायम नै छ ।


प्रतिक्रिया दिनुहोस

Loading...