कुवेत विरुद्ध भिड्ने नेपाली स्क्वाडको घोषणा

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप दोस्रो चरणको छनौट खेलतर्फ कुवेत विरुद्ध भिड्ने नेपालको पहिलो रोजाईको टिम घोषणा भएको छ । प्रशिक्षक योहान कालिनले मिडफिल्डरद्वय विक्रम लामा र तेज तामाङलाई पनि स्क्वाडमा पारेका छन् ।

त्यस्तै अग्रपंक्तिको जिम्मेवारी भने अभिषेक रिजाललाई दिइएको छ । कप्तानमा किरण चेम्जोङ नै छन् ।

यस्तो छ स्क्वाड :

गोलकिपर : किरण चेम्जोङ

डिफेन्डर्स : अजित भण्डारी, देवेन्द्र तामाङ, अनन्त तामाङ, रजिन धिमाल

मिडफिल्डर्स : बिक्रम लामा, तेज तामाङ, सुजल श्रेष्ठ, रवि पासवान, रोहित चन्द

फरवार्ड : अभिषेक रिजाल


प्रतिक्रिया दिनुहोस

Loading...