कुवेत विरुद्ध नेपालको खेल आज, विकल्प: निश्चित अंक

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप दोस्रो चरणको छनौट खेलतर्फ नेपालले आज आफ्नो पहिलो घरेलु म्याचका रुपमा कुवेतसँगै थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा खेल्दैछ ।

नेपाली समयअनुसार खेल दिनको २:४५ बजेदेखि शुरु हुँदैछ । आजको खेल नेपालका लागि उत्ति नै महत्वपूर्ण छ । समूह बी मा चार खेलहरुबाट ३ अंक जोडेको नेपाल चौथो स्थानमा छ । त्यस्तै ७ अंक जोडेको कुवेत दोस्रो स्थानमा छ ।

आजको खेलमा नेपालले जित वा अंक बटुल्न सके नेपालको सन् २०२३ को एएफसी एसियन कप छनौट वा प्ले अफ खेल्ने सम्भावना पनि यथावत रहनेछ भने त्यसमा थप बल पनि पुग्नेछ ।

तर हारको अर्थ भने नेपालको त्यो स्थानमा पुग्ने सम्भावना थप कठिन भई दिनसक्छ । नेपालले अब सबै होम म्याच खेल्न मात्र बाँकी छ । यद्यपि नेपालका आगामी खेलहरु पनि त्यति सहज भने हुने छैनन् ।

आजको खेलमा नेपाललाई भुटानको मौसमले पनि साथ दिन सक्ने धेरैको बुझाई छ । ठिक विपरित कुवेत भने यो मौसममा खेल्न अभ्यस्त भईसकेको छैन । त्यसैले पनि नेपाललाई मौसमको साथ पनि रहनेछ । त्यसैमाथि भुटानी समर्थकहरुले पनि साथ दिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...