मल्पी ब्वाइज फुटबलको सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । मल्पी २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

मल्पीले सेन्ट जेभियर्सलाई २–१ गोलले पराजित गर्यो । मल्पीसंगै बूढानीलकण्ठ, लोयल्टी र लिटिल एन्जल्स (एलए) पनि सेमिफाइनलमा पुगे ।

ब्वाइज बास्केटबलमा निर्मलले आयोजक ज्ञानोदयलाई ६६–३५ तथा एलएले एसलाई ५०–३२ ले हराए । गल्र्स बास्केटबलमा एलआरआईले त्रिज्योतिलाई ३७–९ तथा एलएले निर्मललाई २०–५ ले पाखा लगाए ।

नेटबलमा रिलायन्स इन्टरनेसनल एकेडेमीले त्रिज्योतिलाई १८–६, हिमालयनले ज्ञानोदयलाई २१–१८, मंगलदीपले भानुभक्तलाई २९–२६ र मल्पीले रिलायन्सलाई ३३–१८ ले पन्छाए ।


प्रतिक्रिया दिनुहोस

Loading...