चन्द्रागिरी गेल्डकप : पुलिस क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । विभागीय टोली नेपाल पुलिस क्लब जारी तेस्रो चन्द्रागिरी मेयर गोल्डकप ए डिभिजन नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नैकाप रंगशालामा सोमबार भएको समूह ए तर्फको प्रिक्वाटरफाइनल खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई २–१ ले हरायो । पुलिसको जितमा भोला सिलवाल र प्रवेश दनुवारले गोल गरे । उता पराजित जावलाखेलका लागि एडम बुम्बाले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच भने पुलिसका निर कुमार राई घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत मंसिर ३ गतेको अन्तिम प्रिक्वाटरफाइनल खेल संकटा क्लब र एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

दिपशिखा युवा समुह, चन्द्रागिरी–१३ पुरानो नैकापको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ३ लाख २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १४ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...