एनटिभी प्लसमा नेपाल र कुवेतको खेल प्रत्यक्ष प्रसारण हुने

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ नेपाल र कुवेत बीच मंगलबार हुने खेलको प्रत्यक्ष प्रसारण एनटिभी प्लसले गर्ने भएको छ ।

दशरथ रंगशाला एएफसीले खेल्न अयोग्य मानेपछि नेपाल र कुवेत विचको खेल थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा सारिएको थियो । खेल नेपाली समयअनुसार दिनको २:४५ बजे शुरु हुनेछ ।

स्मरण रहोस, यसअघि नेपाल र अष्ट्रेलिया बीचको खेल पनि एनटिभी प्लसले प्रत्यक्ष प्रसारण गरेको थियो । नेपालले एसियन कप छनौटमा पनि आफ्नो सम्भावना कायम राख्न मंगलबारको खेलमा आफु अनुकुल नतिजा निकाल्नु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...