रोमाञ्चक जितका साथ बीवाइसी क्वाटरफाइनलमा

बुटवल (खेलदैनिक) । प्रतिस्पर्धात्मक खेलमा रोमाञ्चक जित हात पार्दै बीवाइसी, सुनवल जारी तेस्रो एनवाईसी नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फको खेलमा बीवाइसीले कुञ्ज स्पोर्टस् क्लबलाई २–१ ले हरायो । प्रतिस्पर्धात्मक खेलमा बीवाइसीका लागि कप्तान नमराज थापा र सन्दिप रानाले गोल गरे । उता पराजित कुञ्ज स्पोर्टस्का लागि रोहित सुनारले एक मात्र गोल फर्काए ।

खेलको म्यान अफ द म्याच बीवाइसी कै कप्तान नमराज थापा घोषित भए । तिलोत्तमा–८, प्रदिपनगर स्थित जनभावना माविको खेलमैदानमा भईरहेको प्रतियोगिता अन्तरगत कार्तिक २७ गते बुधबारको खेल डिएमसी क्लब र तिलोत्तमा ब्वाईजबीच हुने खेल संयोजक गोविन्द अर्यालले जानकारी दिए ।

नव एकता युवा क्लब, तिलोत्तमा–८ रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेन छ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...