पेनाल्टीमा जित हात पार्दै स्मृति क्वाटरफाइनलमा

बुटवल (खेलदैनिक) । स्मृति स्पोर्टस क्लब रुपन्देहीमा जारी तेस्रो एनवाइसी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार तिलोत्तमा–८, प्रदिपनगर स्थित जनभावना माविको खेलमैदानमा भएको खेलमा स्मृतिले बिएनसी एफसीलाई पेनाल्टी शुटआउटमा ३–१ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

नियमित समयतर्फ स्मृतिका लागि निशान न्यौपानेले गोल गरे भने बिएनसीका लागि सागर गुरुङले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा बिएनसीका दुई पेनाल्टी प्रहार जोगाएका स्मृतिका गोलरक्षक सुवन राना म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत कार्तिक २६ गते मंगलबारको खेल कुन्ज स्पोर्टस क्लब र बैरगनाथ युवा क्लबबीच हुने खेल संयोजक गोविन्द अर्यालले जानकारी दिए ।

नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो ७ मंसिरका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...