
काठमाडौं (खेलदैनिक) । प्रशिक्षक बालगोपाल महर्जनले मंसिर १५ देखि शुरु हुन गईरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली पुरुष फुटबल टोलीको अन्तिम नामावली घोषणा गरेका छन् ।
महर्जनले घोषणा गरेको २० सदस्यीय टोलीमा तीन सिनियर खेलाडी बिकेश कुथु, बिक्रम लामा र सुजल श्रेष्ठ पनि समावेश छन् । स्मरणीय छ, सागमा सहभागि राष्ट्रको यु–२३ टोलीलाई मैदानमा उतार्नु पर्ने प्रावधान छ । यद्यपि सो टोलीमा तीन सिनियर खेलाडीहरु पनि समावेश गर्न सकिनेछ ।
यसअघि भारतको गुवाहाटीमा सम्पन्न १२औं सागमा नेपालले पुरुष फुटबलतर्फ दावेदार भारतलाई हराउँदै ऐतिहासिक स्वर्ण जितेको थियो ।
यस्तो छ नेपाली स्क्वाड :