लगातार तेस्रो हारसँगै सकियो भारतको एएफसी यु–१९ छनौटको यात्रा

काठमाडौं (खेलदैनिक) । एएफसी यु–१९ च्याम्पियनसिप छनौटतर्फ लगातार तेस्रो हारसँगै छिमेकी राष्ट्र भारतले प्रतियोगिताको समापन गरेको छ । समूह एफमा रहेको भारतले आइतबार आफ्नो अन्तिम खेलमाअफगानिस्तानसँग ३–० को हार बेहोर्यो ।

यसअघि भारतले आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग ०–२ ले तथा आयोजक साउदी अरबसँग ०–४ ले पराजित भएको थियो । उता अफगानिस्तानले भने साउदीसँग ०–१ ले तथा उज्वेकिस्तानसँग ०–२ अन्तरले पराजित भएको थियो ।

यो नतिजापछि ३ खेलबाट ३ अंक जोडेको अफगानिस्तान समूह एफको तेस्रो स्थानमा छ भने अंकविहीन भारत पुछारमा छ । ६–६ जोडेको साउदी र उज्वेकिस्तान शिर्ष दुई स्थानमा छन् र आइतबार नै अन्तिम खेलका रुपमा आमने सामने हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...