तेस्रो एनआइसी कप शुरु, झरनाको शानदार शुरुवात

बुटवल (खेलदैनिक) । शनिबारदेखि शुरु तेस्रो एनवाइसी कप खुला नकआउट फुटबल प्रतियोगितामा झरना स्र्पोटस् क्लब, कुञ्जलापुरले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

तिलोत्तमा–८, प्रदिपनगर स्थित जनभावना माविको खेलमैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा झरनाले राधाकृष्ण युवा क्लबलाई ६–१ को फराकिलो अन्तरले हरायो ।

झरनाको जितमा मोहन थापाले ह्याट्रिक सहित चार गोल गरे भने सेठ परियारले थप दुई गोल गरे । उता पराजित राधाकृष्णका लागि सुर्य चौधरीले एक मात्र सान्त्वना गोल गरे ।

खेलमा ह्याट्रिक गरेका मोहन थापा म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक २४ गते आइतबारको खेल फर्साटिकर युवा क्लब र शिवपुर सामुदायिक विकास संस्थाबीच हुने खेल संयोजक गोविन्द अर्यालले जानकारी दिए ।

नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो ७ मंसिरका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...