तेस्रो चन्द्रागिरी मेयर गोल्डकपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा आयोजक र बीबीसी भिड्ने

काठमाडौं (खेलदैनिक) । यहि कार्तिक ३० गतेदेखि शुरु हुन गईरहेको तेस्रो चन्द्रागिरी मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

दिपशिखा युवा समुह, चन्द्रागिरी–१३ नैकापको आयोजनामा शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक दिपशिखा युवा समूह र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) भिड्ने भएका छन् ।

नैकाप खेलमैदानमा हुने प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल भने मंसिर १४ गतेका दिन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्ने प्रतियोगिताको खेलसंयोजक तथा पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी रमेश बुढाथोकीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...