सागका लागि नेपाली महिला फुटबल टोलीको घोषणा

काठमाडौं (खेलदैनिक) । नेपालमा आयोजना हुन गईरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि मुख्य प्रशिक्षक हरि खड्काले नेपाली महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरेका छन् ।

दक्षिण एसियाली खेलकुदको कुम्भमेला नेपालमा यहि आउँदो मंसिर १५ गतेदेखि काठमाडौं र पोखरामा आयोजना हुँदैछ । यस्तो छ, नेपाली महिला फुटबल टोलीको फाइनल स्क्वाड :–

गोलकिपर्स: एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर्स: गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, हिरा कुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु, पुजा राना

मिडफिल्डर्स: रेनुका नगरकोटी, दिपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जली कुमारी योन्जन, बिमला चौधरी

फरवार्डस: साबित्रा भण्डारी, निरु थापा, अनिता केसी


प्रतिक्रिया दिनुहोस

Loading...