एएफसी यु–१९ छनौट : नेपालको चुनौति समाप्त

काठमाडौं (खेलदैनिक) । दोस्रो हाफमा लय गुमाउन पुगेको नेपाली यु–१९ टोली इरानमा जारी एएफसी यु–१९ च्याम्पियनसिप छनौटको समूह चरणबाटै बाहिरिएको छ ।

समूह डी मा रहेको नेपालले शुक्रबार लगातार दोस्रो हार बेहोर्दै समूह चरणबाटै बाहिरिएको हो । तेहरान स्थित पास स्टेडियममा सम्पन्न खेलमा नेपालले आयोजक इरानसँग ४–० को हार बेहोर्यो ।

पहिलो हाफसम्म घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको नेपालले त्यसलाई दोस्रो हाफमा निरन्तरता दिन सकेन । यसअघि नेपालले आफ्नो पहिलो खेलमा पनि युएईसँग समान ४–० को हार बेहोरेको थियो ।

त्यस्तै समूह डी तर्फ शुक्रबार नै भएको अर्को खेलमा किर्गिस्तानले युएईलाई २–० ले हराउँदै फाइनल चरणका लागि छनौट हुने सम्भावनालाई कायम राख्यो । किर्गिस्तानले यसअघि आफ्नो पहिलो खेलमा इरानसँग ३–० को हार बेहोरेको थियो ।

समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार किर्गिस्तान कै सामना गर्नेछ भने सोही इरान र युएई पनि आमने सामने हुनेछन् । शुक्रबारको नतिजापछि २ खेलबाट ६ अंक जोडेको इरान शिर्ष स्थानमा छ । समान ३–३ अंक जोडेका किर्गिस्तान र युएई क्रमश दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन नेपाल पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...