कठिन जितका साथ आर्मी फाइनलमा

झापा (खेलदैनिक) । उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लब जारी अन्नपुर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले पाहुना टोली सिक्किम आक्रमण एफसी (भारत) लाई टाइब्रेकरमा ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो । यसअघि निर्धारित समयको खेलमा सिक्किमले आर्मीलाई गोलरहित बराबरीमा रोक्दै टाइब्रेकरसम्म जितका लागि संघर्ष गर्न बाध्य पारेको थियो ।

खेलमा आर्मीका गोलरक्षक विवश चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार पनि प्राप्त गरे । प्रतियोगिता अन्तरगत कार्तिक २३ गते शनिबारको खेल नेपाल पुलिस क्लब र चर्च ब्वाईज युनाइटेड बीच हुने आयोजकले जनाएको छ ।

जायोन स्पोर्टस् क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ६ लाख २५ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...