बिराटनगरलाई प्रथम राजाबास गोल्डकपको उपाधि

सुनसरी (खेलदैनिक) । प्रथम राजाबास गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि टिडब्ल्युवाइसी एफसी, बिराटनगरले जितेको छ । राजाबास स्थित सरस्वती माविको खेलमैदानमा बिहीबार सम्पन्न फाइनल भिडन्तमा टिडब्ल्युवाइसीले कल्चर ग्रीन क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजेता बन्न सफल भयो ।

विजयी टोलीका लागि भुवन बस्नेत र पुजन उपरकोटीले १–१ गोल गरे । फाइनल खेलको म्यान अफ द म्याच भने पराजित कल्चरल ग्रीनका औरेल इनोमी घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता बनेको टिडब्ल्युवाइसीले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता कल्चरल ग्रीनले ५०,५५५ रुपैयाँमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी मिलन राई घोषित भए । उनले पुरस्कार सहित नगद ७ हजार प्राप्त गरे ।

त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक पुर्ण चेम्जोङ चुनिए भने उत्कृष्ट डिफेन्डर भुषण सुब्बा बने । उत्कृष्ट मिडफिल्डर असिम राई घोषित हुँदा उदयीमान खेलाडी बिमल राई चुनिए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ४–४ हजार हात पारे । त्यस्तै सर्वाधिक गोलकर्ता बनेका भुवन बस्नेले भने ५ हजार प्राप्त गरे ।

राजाबास युथ क्लब, वराहक्षेत्र– ९, सुनसरीको आयोजनामा यहि कार्तिक १४ गतेबाट शुरु भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...