मैत्रीपुर्ण म्याचमा म्यानमारसँग हार्यो नेपाल

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप दोस्रो चरणको छनौट खेलतर्फ कुवेत विरुद्ध खेल्नु अघि तयारी खेलका रुपमा नेपालले म्यानमारसँग खेलेको मैत्रीपूर्ण म्याचमा हार बेहोरेको छ ।

म्यानमारको घरेलु मैदान मण्डलयमा बिहीबार सम्पन्न खेलमा नेपालले घरेलु टोलीसँग ३–० को हार बेहोरेको हो । म्यानमारका लागि अंग थु, डेविड तान र लेंग बो बोले एक–एक गोल गरे ।

विश्वकप छनौटतर्फ समूह बी मा परेको नेपालले यहि नोभेम्बर १९ तारीखका दिन कुवेतसँग खेल्दैछ । सो खेल यसअघि नेपालको पहिलो घरेलु म्याचका रुपमा दशरथ रंगशालामा हुने भनिए तापनि अन्तिममा आएर एएफसी र फिफाले सो खेल काठमाडौंमा खेलाउन अनुमति दिन अस्वीकार गरेको थियो ।

एन्फाका अनुसार अब त्यो खेल भुटानमा खेलाइने प्रस्ताव फिफा र एएफसी समक्ष गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...