पोखरा रंगशालाको दुबो बिग्रियो, फेरि लगाउनु पर्ने

पोखरा (खेलदैनिक) । आगामी महिना (मंसिर १५) देखि शुरु हुन गईरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरेर पोखरा रंगशालाको निर्माण कार्य धमाधम भईरहेको छ ।

रंगशाला कै निर्माणका क्रममा भारतको कोलकाताबाट मैदानका लागि लाखौं खर्च गरेर दुबो पनि ल्याइएको थियो । यद्यपि गोलनेपालका अनुसार एक हजार स्क्वायर फुटमा लगाइएको दुबो अहिले आएर बिग्रिएको छ ।

स्रोतका अनुसार त्यो दुबो फेरि लगाउनुपर्ने भएको छ । यो अर्थमा दुबो लगाउने कार्यका लागि थप दोहोरो भार पर्ने भएको छ । ६३ लाख खर्च गरेर भारतबाट ल्याइएको दुबो काम नलाग्ने भएपछि १३औं सागको आयोजनामा पनि थप समस्या देखिने सम्भावना बढेर गएको छ ।

स्मरण रहोस, सागतर्फ महिला फुटबल म्याचहरु पोखरा रंगशालामै आयोजना गरिने बताइएको छ । अहिले आएर रंगशालाको निर्माण कार्य समय मै सम्पन्न नहुँदा त्यसमा पनि अन्यौलता थपिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...