एन्फा सोलिडारिटी कप हुने

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि कार्तिक २९ गतेदेखि एन्फा सोलिडारिटी कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । सो कुराको जानकारी एन्फाले एक प्रेस विज्ञप्ती जारी गर्दै घोषणा गरेको हो ।

एन्फाका अनुसार नेपाली फुटबलको मेरुदण्डका रुपमा रहेको शहिद स्मारक ए डिभिजन लिगलाई थप व्यवस्थित र प्रभावकारी रुपमा आयोजना गर्न यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यद्यपि स्मरण गर्नुपर्ने कुरा, यस प्रतियोगितामा व्यापारिक प्रतिष्ठान, दुतावास, बैंकर्स तथा विभिन्न गैर सरकारी संस्थाका टोलीहरुले सहभागिता जनाउने छन् ।

साथै एन्फाले ती संस्थाहरुसँग सहकार्य गरेर ए डिभिजन लिग थप प्रभावकारी रुपमा आयोजना गर्ने लक्ष्य लिएको समेत स्पष्ट पारेको छ । गोलनेपालका अनुसार प्रतियोगिता आयोजना गर्ने खेलस्थलको भने अझै टुंगो लागेको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...