दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

सौरभ गिरी

(नेपालगन्ज, २२ फागुन) बाँके जिल्ला फुटबल संघले टुबोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
यही फागुन २६ गते देखी चैत ४ गतेसम्म नेपालगन्जमा सञ्चालन हुने प्रतियोगीताको सम्पूर्ण तयारी अन्तीम चरणमा पुगेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।

नेपालगन्जमा गत वर्ष देखि सुरु गरिएको नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताबाट सफलता प्राप्त गरेपछि यस पटक दोश्रो  टुबोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको बाँके जिल्ला फुटबल

संघले जानकारी दिएको छ ।  नेपालगन्जमा हुने टुबोर्ग दोश्रो नेपालगंज गोल्ड कप फुटबल प्रतियोगितामा ए डिभिजन टिमको  पनि सहभागिता रहने भएको छ ।

सम्भावित टिममा  सीएमजी संकटा क्लब,  मनाङ्ग मस्याङ्गदि क्लब ,नेपाल पुलिस,  त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपालगंज ११ , ८ सुदुर पश्चिम ११ र रुपन्देही ११ को सहभागिता रहने छ ।

गत बर्ष १ लाख ५१ हजार पुरस्कार राशी रहेको पुरस्कार राशीलाइ बढाएर प्रथम हुनेलाई  ५ लाख र दोश्रो हुने टिमलाई २ लाख ५१ हजार नगद पुरस्कार राशी राखिएको आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगीको सम्पूर्ण लागत खर्च ७५ लाख हुने अनुमान गरीएको छ ।

प्रतियोगीताको उद्घाटन अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्ने बताइएको छ । प्रतियोगिताको प्रवेश शुल्क १ सय राखीएको छ भने सेमिफाइनलबाट २ सय  बनाइने आयोजकले जनाएको  छ ।


प्रतिक्रिया दिनुहोस

Loading...