नेपालको पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घलेलाई सहयोग

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वाइबी घलेले आफ्नो उपचारका लागि सहयोग प्राप्त गरेका छन् ।

शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युकेले घलेलाई नगद २ लाख उपचार खर्च सहयोग हस्तान्तरण गर्यो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि पहिलो गोलकर्ता घले हाल प्यारालाइसिस बिरामी छन् । उनकै सहयोगका लागि खेलाडी संघ युके अघि सरेको हो ।

सहयोग प्राप्त गरेपछि कार्यक्रममा घलेले सहयोगी हातहरुलाई धन्यवाद समेत दिए । सो कार्यक्रमका अखिल नेपाल फूटबल संघ (एन्फा) का उपाध्यक्ष तथा नेपाली फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...