नेपाल यु–२३ र म्यानमार यु–२३ को खेल आज

काठमाडौं (खेलदैनिक) । नेपाल यु–२३ राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण फुटबल म्याचका रुपमा म्यानमारको यु–२३ टोलीसँग कतारमा खेल्दैछ । दोहा स्थित कतार स्पोर्टस क्लबमा हुने आजको खेललाई नेपालले दक्षिण एसियाली खेलकुद (साग) को तयारी खेलका रुपमा समेत हेरेको छ ।

गोलनेपालका अनुसार उक्त खेल नेपाली समयअनुसार राती ९:१५ बजेदेखि शुरु हुनेछ । स्मरण रहोस, यसपटकको दक्षिण एसियाली खेलकुद नेपालले नै आयोजना गर्ने जिम्मा पाएको छ । यसअघि भारतमा सम्पन्न गत संस्करणको सागमा नेपालले भारतलाई हराउँदै फुटबलमा ऐतिहासिक स्वर्ण जितेको थियो ।

कतार पुगेको नेपाल यु–२३ राष्ट्रिय फुटबल टोलीमा तीन सिनियर खेलाडीहरु पनि छन् । जसको कप्तानी भने सुजल श्रेष्ठले गरेका छन् । त्यस्तै प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...