माझी गोल्डकप : सेमीफाइनल समीकरण पूरा

हेटौडा (खेलदैनिक) । मकवानपुरको बकैया गाउँपालिकामा जारी राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । विहीबार भएको क्वाटरफाइनलबाट सुनसरी र रामेछाप सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको हो ।

विहीबार भएको खेलमा सुनसरीले धनुषालाई २–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । सुनसरीका लागि प्रविन माझी र देबबहादुर माझीले गोल गरे । खेलमा प्रविन माझी म्यान अफ द म्याच घोषित भए ।

यस्तै, विहीबार नै भएको दोश्रो खेलमा रामेछापले खोटाङलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । रामेछापका लागि नबीन माझीले २ गोल गरे भने श्याम माझी र मनोज माझीले १–१ गोल गरे । खेलमा रामेछापका श्रीकृष्ण माझी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा शुक्रबार सेमीफाइनलका खेल हुने प्रतियोगिता संयोजक श्यामसुन्दर माझीले जानकारी दिए । शुक्रबारको पहिलो सेमीफाइनलमा बकैया गाउँपालिका र रामेछापबीच प्रतिष्पर्धा हुनेछ भने दोश्रो सेमीफाइनलमा सुनसरी र सिन्धुलीबीच प्रतिष्पर्धा हुनेछ ।

माझी गोल्डकपमा १५ जिल्लाको माझी समुदायको १७ टिम सहभागी रहेको छ । बकैया गाउँपालिका–४ स्थित जुरेली खेल मैदानमा सञ्चालन भैरहेको प्रतियोगिताको विजेताले नगद एकलाख तथा उपविजेताले नगद ५० हजार एवम् विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद पाँच÷पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...