फिफा वरियतामा ६ स्थान तल झर्यो नेपाल

काठमाडौं (खेलदैनिक) । विश्व फुटबलको नियमनकारी संस्था फिफाले निकालेको नयाँ वरियतामा नेपाल ६ स्थान तल झर्दै १६७औं स्थानमा पुगेको छ । फिफाले बिहीबार निकालेको उक्त वरियताअनुसार नेपालले ९८८ अंक बटुलेको हो ।

दक्षिण एसियाली राष्ट्रहरुमा भने नेपाल चौथो स्थानमा छ । उता १०९औं वरियतामा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ भने १४९औं वरियतामा रहेको अफगानिस्तान दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।

त्यस्तै १५४औं स्थानमा रहेको साफ च्याम्पियन माल्दिभ्स दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ । १८४औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने १८९औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यसैगरी २०१ र २०३औं स्थानमा रहेको पाकिस्तान र श्रीलंका भने दक्षिण एसियातर्फ क्रमश सातौं र आठौं स्थानमा छ ।

स्मरण रहोस, फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ नेपालले हालसम्म खेलेको चार खेलहरुमध्ये एकमा मात्र जित हात पारेको थियो भने अन्य तीन खेलमा फराकिलो हार बेहोरेको थियो । अब नेपालले आफ्नो पहिलो घरेलु म्याच १९ नोभेम्बरका दिन दशरथ रंगशालामा कुवेत विरुद्ध खेल्ने कार्यक्रम छ ।

त्यस्तै फिफाको ताजा वरियतामा बेल्जियम शिर्ष स्थानमा छ । विश्व विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजील भने तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...