बंगलादेश महिला फुटबल टोलीले साग नखेल्ने

काठमाडौं (खेलदैनिक) । यहि आउँदो डिसेम्बरमा नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद (साग) मा बंगलादेशको महिला फुटबल टोलीले सहभागिता नजनाउने भएको छ ।

बंगलादेश फुटबल फेडरेशनले प्रर्याप्त तयारी र खेलाडी अभावलाई कारण देखाउँदै सागमा आफ्नो महिला फुटबल टोलीले सहभागिता नजाउने स्पष्ट पारेको छ । स्मरण रहोस, बंगलादेशको महिला फुटबल टोलीले पछिल्ला दुई संस्करणमा लगातार काँस्य पदक जितेको थियो ।

ढाकाट्रिब्युनका अनुसार बंगलादेशी महिला फुटबल टोलीमा कप्तान सबिना खातुन बाहेक सबै खेलाडीहरु १९ बर्ष मुनिको रहेका छन् । साथै सोही टोलीले गत मार्चमा नेपालमै सम्पन्न माहिला साफ च्याम्पियनसिप समेत खेलेका थिए ।

बंगलादेश फुटबल फेडरेशनका अनुसार ती युवा महिला खेलाडीहरुलाई तत्काल सागमा उतार्न तयार नरहेको बताइएको छ । ढाकाट्रिब्युनका अनुसार दावेदार भारत र नेपालको राष्ट्रिय महिला फुटबल टोलीसँग बंगलादेशी टोली हाल भिड्न पूर्ण रुपमा तयार नरहेको उल्लेख छ ।

स्मरण रहोस, महिला साफ च्याम्पियनसिपतर्फ बंगलादेशको महिला फुटबल टोलीले भारतसँग ४–० र नेपालसँग ३–० को हार बेहोरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...