डाँगीहाटलाई पथरी शनिश्चरे कपको उपाधि

मोरङ (खेलदैनिक) । बुधबार सम्पन्न दोस्रो पथरी शनिश्चरे खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि डाँगीहाट फुटबल क्लबले जितेको छ । फाइनलमा लेटाङ एफसीलाई शुन्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै डाँगीहाटले उपाधि जित्न सफल भएको हो ।

सुनाखरी खेलमैदानमा भएको उपाधि भिडन्तमा डाँगीहाटका लागि बिक्रम तामाङले एक मात्र निर्णायक गोल गरे । फाइनल खेलको म्यान अफ द म्याच भने अभिषेक लिम्बु घोषित भए ।

विजेता बनेको डाँगीहाटले उपाधिसहित नगद ८१ हजार हात पार्यो भने उपविजेता लेटाङले ५१ हजारमा चित्त बुझायो । सुनाखरी युवा क्लब, पथरी शनिश्चरे–१, मोरङको आयोजनामा गत असोज २९ गतेदेखि शुरु प्रतियोगितामा कुल आठ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...