वराह गोल्डकप : चर्च ब्वाईज उपाधि नजिक

वराह क्षेत्र (खेलदैनिक) । चर्च ब्वाईज युनाइटेड, काठमाडौं जारी चौथो वराह गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक वराह क्षेत्र फुटबल क्लबलाई ०–२ ले हराउँदै चर्च ब्वाईज उपाधि नजिक पुगेको हो ।

वराह क्षेत्र २, सुनसरी स्थित आदर्श खेलमैदानमा भएको खेलको चौथो मिनटमै अशोक खवासको गोलबाट चर्च ब्वाईजले खेलमा शुरुवाती अग्रता बनाएको थियो । त्यस्तै विजयी टोलीका लागि दोस्रो गोल भने खेलको अन्तिमतिर रेजिन माझीले गरे ।

खेलमा चर्च ब्वाईजका शुरुवाती गोलकर्ता अशोक खवास म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक ७ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल एभरेष्ट एफसी, सुनसरी र धनकुटा एफसबीच हुने आयोजकले जनाएको छ ।

वराह क्षेत्र फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि कार्तिक ९ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...