आयोजक डाँगीहाट सेमिफाइनलमा प्रवेश

बेलबारी (मोरङ) । आयोजक डाँगीहाट एफसी (रातो) जारी तेस्रो डाँगीहाट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम क्वाटरफाइनलमा डाँगीहाटले पाँचथर एफसीलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

बेलबारी १०, भाउने मोरङ स्थित प्रस्तावित डाँगीहाट रंगशालामा भएको खेलमा डाँगीहाटका लागि ५९औं मिनटमा दिपक राई तथा ६१औं मिनटमा अब्दुल्लाहले एक–एक गोल गरे । खेलमा डाँगीहाट कै गोलकर्ता दिपक राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

अब डाँगीहाटले सेमिफाइनलमा धरान फुटबल क्लबसँग कार्तिक ८ गते शुक्रबार खेल्नेछ । प्रतियोगिता अन्तरगत कार्तिक ७ गते विहीबारको पहिलो सेमिफाइनल खेल चर्च ब्वाईज युनाइटेड, काठमाडौं र ब्वाईज युनियन क्लब, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।

डाँगीहाट फुटबल क्लब, बेलबारी मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि कार्तिक १० गते आइतबारका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...