माझी गोल्डकप : सर्लाही र सुनसरी क्वाटरफाइनलमा

हेटौंडा (खेलदैनिक) । मकवानपुरको बकैया गाउँपालिकामा जारी राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलबाट सर्लाही र सुनसरी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबारको पहिलो खेलमा सिन्धुपाल्चोकलाई सर्लाहीले १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको हो । सर्लाहीले खेलमा पाएको आत्मघाती गोल नै जितका लागि पर्याप्त भयो । सो खेलमा सर्लाहीका अजय माझी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै, दोश्रो खेलमा सुनसरीले बकैया रातोलाई २–० गोलअन्तरले पराजित गर्यो । सुनसरीका लागि देबकुमार माझी र चनम माझीले गोल गरे । खेलमा देबकुमार म्यान अफ द म्याच भए ।

प्रतियोगिता अन्तर्गत बुधबारबाट क्वाटरफाइनलका खेल सुरु हुने आयोजकले जनाएको छ । पहिलो क्वाटरफाइनलमा बकैया निलो र नुवाकोटबीच प्रतिष्पर्धा हुनेछ भने दोश्रो खेलमा सर्लाही र सिन्धुलीबीच प्रतिष्पर्धा हुनेछ ।

माझी गोल्डकपमा १५ जिल्लाको माझी समुदायको १७ टिम सहभागी रहेको छ । बकैया गाउँपालिका–४ स्थित जुरेली खेल मैदानमा सञ्चालन भैरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद एक लाख तथा उपविजेताले नगद ५० हजार एवम् विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद पा“च–पा“च हजार रुपैया“ पुरस्कारको व्यवस्था गरिएको छ ।

यसैबीच, माझी गोल्डकपको प्रथम पुरस्कारको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टले गर्ने भएको छ । मंगलबारको खेल हेर्न खेलमैदान पुगेका म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले प्रथम पुरस्कार बापतको एक लाख रुपैयाँ आफूले सहयोग गर्ने घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...