तेस्रो चन्द्रागिरी गोल्डकप कार्तिक अन्तिम सातादेखि

(तस्विर : Newslaya)

काठमाडौं (खेलदैनिक) । यस बर्षको चन्द्रागिरी गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिता यहि कार्तिक ३० गतेदेखि मंसिर ७ गतेदेखि आयोजना हुने भएको छ ।

दिपशिखा युवा समूहको आयोजनामा हुन गईरहेको प्र्तियोगिता चन्द्रागिरी नगरपालिका नैकाप स्थित नैकाप खेलमैदानमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिताका लागि आवश्यक तयारी समेत शुरु गरिएको प्रतियोगिता संयोजक रमेश बुढाथोकीले जानकारी दिए ।

साथै प्रतियोगिता आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट पनि स्वीकृत प्राप्त भईसकेको संयोजक बुढाथोकीले बताए । प्रतियोगितामा आयोजकको टोलीसहित ८ देखि १० टोलीहरुको सहभागिता रहने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

आयोजकका अनुसार यसवर्ष पुरस्कार राशिमा पनि ५० हजार रुपैया वृद्धि गरिएको छ । यसवर्षको विजेताले उपाधिसहित नगद ६ लाख ५० हजार रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पाउनेछ । स्मरणीय छ, गतवर्ष विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

त्यस्तै व्यक्तिगत विधातर्फ सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान ३०–३० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । स्मरण रहोस, प्रतियोगिताको पहिलो संस्करणमा हिमालय शेर्पा तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो । साथै प्रतियोगिताको अनुमानित बजेट करिव ५० लाख रुपैया रहेको पनि प्रतियोगिता संयोजक रमेश बुढाथोकीले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...