गणेश थापाको आत्मकथा : सफलता, चर्चा र विवाद सबैको उजागर गर्ने प्रयास

काठमाडौं (खेलदैनिक) ।एशियाली फुटबल महासंघ ए.एफ.सीका पूर्वउपाध्यक्ष एवं अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापाको आत्मकथा ‘गणेश थापा’ प्रकाशन हुने भएको छ । बुक–हिल पब्लिकेशनबाट आगामी फागुनमा प्रकाशन हुने उक्त आत्मकथाको आवरण पनि आइतबार सार्वजनिक गरिएको थियो ।

खेलाडीदेखि फुटबलको नेतृत्वसम्म सफलता, चर्चा, विवादलगायत सबै कोणबाट फुटबलको केन्द्रविन्दुमा रहेका थापाको आत्मकथामा उनको जीवनगाथास“गै नेपाली फुटबलको विकासक्रम पनि समेटिएको बताइएको छ ।

थापास“ग जोडिएका चर्चित काण्डहरु– भ्रष्टाचार अभियोगमा सार्वजनिक लेखा समितिले गरेको निर्णय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय, फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाको निर्णय, एएफसीका तत्कालीन अध्यक्ष महम्मद बिन हमामस“गको सम्बन्धलगायतका विषयहरु आत्मकथामा समेटिएका छन् ।

आत्मकथाबारे थापा भन्छन्– ‘पुस्तक आत्मश्लाघाको पुलिन्दा नहोस् भनेर मैले आपूmलाई सकेजति इमान्दार र सत्यको नजिक रहेर प्रस्तुत गर्ने जमर्को गरेको छु ।’

उनका अनुसार राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्दै नेपाललाई दिलाएका सफलताका रोचक कथाहरु पनि पुस्तकमा समेटिएका छन् ।

नेपाली सञ्चार माध्यममा आएका समाचारहरुको आधारमा समाजले आफ्ना बारेमा बनाएका गलत धारणा चिर्न गरिएका प्रयासहरुले आशातीत प्रतिफल नदिएपछि पाठकसामु सबै खुलस्त पार्नुपर्छ भन्ने हेतुले आत्मकथा लेखेकोे थापाले बताए ।

‘मेरा बारेमा आएका गलत समाचारको खण्डन गर्ने मौका समेत मलाई मिलेन ।’, उनले थपे, ‘कतिपय अवस्थामा मेरो आनीबानीका कारण पनि पत्रकारहरु चिढिए होलान् । तर, सत्य तथ्यकुराहरु बाहिर ल्याउनैपर्छ, नत्र मैले फुटबलमा समर्पण गरेको मेरो जीवनकै ऊजाशील समयको पनि अवमूल्यन हुने ठानेर आत्मकथा लेख्ने जमर्को गरेको हु“ ।’

थापाका अनुसार आत्मकथा उनको सफाइका लागि नभई सत्यतथ्य उजागर तथा आङ्खनो जीवनवृत्त आम जनमानसमा पुर्याउने उद्देश्यका लागि तयार पारिएको बताएका छन् ।

संसदको सार्वजनिक लेखा समितिले ५८ करोड भ्रष्टाचार भएको निर्णय नगरेपनि मिडियामा त्यसबारे बढाइ चढाइ समाचार आउ“दा समाजले आप्mनो चरित्रमाथि प्रश्न गर्दा समेत पर्याप्त खण्डन हुन नसकेको थापाले बताए ।

आत्मकथामा नेपाली फुटबलको विगत र वर्तमानलाई पनि केलाउने प्रयास गरिएको छ । थापाले अहिलेसम्म सार्वजनिक नगरेका आप्mनो निजी जीवनका पाटा र फुटबल प्रशासनका बारेमा पनि पुस्तकमा उल्लेख गरेका छन् । पुस्तक वरिष्ठ खेल पत्रकार हिमेशरत्न बज्राचार्यको सहलेखन र सम्पादनमा तयार भएको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...