नेपाली यु–२३ फुटबल टोलीको विदाई

काठमाडौं (खेलदैनिक) । म्यानमार यु–२३ फुटबल टोलीसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्न जाने नेपाली यु–२३ फुटबल टोलीको मंगलबार एक कार्यक्रमका बीच विदाई गरिएको छ ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा आयोजित विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमेश कुमार सिलवाल, एन्फाका कार्यवाहक अध्यक्ष पंकज नेम्वाङ लगायतले नेपाली टोलीको विदाई गरे ।

स्मरण रहोस, नेपाल यु–२३ टोलीले यहि अक्टुबर २५ तारीख शुक्रबारका दिन म्यानमारको यु–२३ टोलीसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । नेपालले घरैमा आयोजना हुन गईरहेको दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रुपमा यो मैत्रीपूर्ण खेललाई हेरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...