माझी गोल्डकप : सिन्धुली र रामेछाप क्वाटरफाइनलमा

मकवानपुर (खेलदैनिक) । मकवानपुरको बकैया गाउँपालिकामा जारी राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलबाट सिन्धुली र रामेछाप क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सिन्धुलीले मकवानपुरको बाग्मती टिमलाई टाइब्रेकरमा हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । त्यसअघि निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि सिन्धुलीले बागमतिलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराएको हो । खेलमा सिन्धुलीका गोलरक्षक सुमन माझी म्यान अफ दी म्याच भए ।

त्यस्तै दोस्रो खेलमा रामेछापले ओखलढुंगालाई ४–१ गोल अन्तरले हराएको छ । रामेछापको जितमा मनोज माझीले ह्याट्रिक गर्दा श्याम माझीले एक गोलको योगदान दिए । रामेछापका ह्याट्रिककर्ता मनोज नै खेलको म्यान अफ दी म्याच भए । ओखलढुंगाको तर्फबाट एक मात्र गोल सुजनकुमार माझीले गरेका थिए ।

जारी प्रतियोगितामा मंगलबार सिन्धुपाल्चोक र सर्लाहीको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेलमा मकवानपुरको बकैया रातो टिम र सुनसरी भिड्नेछन् । माझी गोल्डकपमा १५ जिल्लाको माझी समुदायको १७ टिम सहभागी रहेको छ ।

बकैया गाउँपालिका–४ स्थित जुरेली खेल मैदानमा सञ्चालन भैरहेको प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार एवम् विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद पा“च÷पा“च हजार रुपैया“ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...