प्रभावशाली जितका साथ धरान सेमिफाइनलमा

बेलबारी (खेलदैनिक) । प्रभावशाली जितका साथ धरान फुटबल क्लब, सुनसरी जारी तेस्रो डाँगीहाट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बेलबारी १० स्थित प्रस्तावित डाँगीहाट रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा धरानले जिपीएससी, सिरहालाई ३–१ ले हरायो । धरानको जितमा बर्तमान राई, बुद्ध चेम्जोङ र प्रकाश बुढाथोकीले गोल गरे । उता पराजित सिरहाका लागि दिनेश राईले एक मात्र सान्त्वना गोल गरे ।

खेलमा धरानका प्रकाश बुढाथोकी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक ५ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक डाँगीहाट एफसी (निलो) र ब्वाईज युनियन क्लब, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।

डाँगीहाट एफसी, बेलबारी मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि कार्तिक १० गते आइतबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...