साविक विजेता एपिएफलाई हराउँदै आर्मी सेमिफाइनलमा

चितवन (खेलदैनिक) । दावेदार मानिएको त्रिभुवन आर्मी क्लब जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नारायणगढ स्थित क्याम्पाचौरमा भएको क्वाटरफाइनल भिडन्तमा आर्मीले साविक विजेता एपिएफ क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

आर्मीको जितमा राष्ट्रिय फुटबल टोलीका उदयीमान मिडफिल्डर सन्तोष तामाङले ४७औं मिनटमा सुन्दर फ्रिकिक मार्फत एक मात्र निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच भने आर्मी कै डिफेन्डर बिमल पाण्डे घोषित भए ।

आर्मीले अब सेमिफाइनलमा घरेलु टोली चितवन–११ सँग खेल्नेछ । प्रतियोगिता अन्तरगत कार्तिक ५ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल जावलाखेल युथ क्लब र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

नारायणगढ जेसिजको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहेको थियो । टुबोर्गको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६,०६६६६ रुपैयाँ हात पार्नेछ भने उपविजेता ३,०३३३३ रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...