वराह गोल्डकपमा पनि चर्च ब्वाईज सेमिफाइनलमा

वराह क्षेत्र (खेलदैनिक) । आइतबार मात्र डाँगीहाट गोल्डकपमा जित हासिल गर्दै सेमिफाइनलमा पुगेको चर्च ब्वाईज युनाइटेड, काठमाडौं जारी चौथो वराह गोल्डकपको पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाईजले रेड हर्स क्लब, इलामलाई २–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । वराह क्षेत्र – २ स्थित आदर्श खेलमैदानमा भएको खेलमा चर्च ब्वाईजका लागि रजिन धिमाल र बिकास राईले गोल गरे । उता पराजित रेड हर्सका लागि म्याक्सवेलले एक मात्र सान्त्वना गोल गरे ।

खेलमा चर्च ब्वाईजका रजिन धिमाल म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत कार्तिक ५ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल एभरेष्ट एफसी, सुनसरी र एपिएफ क्लब, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...