नेपाल यु–२३ फुटबल टोलीले म्यानमार यु–२३ टोलीसँग दोहामा खेल्ने

काठमाडौं (खेलदैनिक) । नेपाली यु–२३ फुटबल टोलीले म्यानमारको यु–२३ फुटबल टोलीसँग मैत्रीपूर्ण म्याच खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाका अनुसार यहि अक्टुबर २५ तारीखका दिन नेपाल र म्यानमारबीच कतारको दोहामा उक्त मैत्रीपूर्ण फुटबल म्याच हुनेछ ।

स्मरण रहोस, नेपाल यु–२३ टोली यसै बर्ष नेपाल मै हुन गईरहेको दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा छ । उता म्यानमार पनि साउथ इष्ट एसियन गेम्सको तयारीमा छ ।

मैत्रीपूर्ण फुटबल म्याचबारे नेपाल यु–२३ टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खुशी व्यक्त गरे । महर्जन भन्छन्, “म्यानमार विरुद्धको एक्सपोजर म्याच हुनु राम्रो हो । यो हाम्रो लागि कठिन चुनौति हुनेछ । साथै यसले हामीलाई सागका लागि आवश्यक तयारी गर्न थप सहयोग पुग्नेछ ।”

एन्फाका अनुसार नेपाली यु–२३ टोली मंगलबार दोहातर्फ प्रस्थान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...