माझी गोल्डकप : धनुषा र खोटाङ क्वाटरफाईनलमा

मकवानपुर (खेलदैनिक) । माझी समुदायको पहिचानलाई देशव्यापी बनाउन मकवानपुरमा भईरहेको राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगितामा धनुषा र खोटाङ बिजयी हुदै क्वाटरफाईनलमा प्रबेश गरेका छन ।

आइतबार भएको पहिलो खेलमा धनुषाले रौतहटलाई २–१ को अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । धनुषाको जितमा प्रदिप माझीले दुबै गोल गरे भने रौतहटको तर्फबाट सुबेश माझीले गोल गरे । खेलमा रौतहटका सुबेश माझी म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै आईतबार नै भएको दोस्रो खेलमा खोटाङले स्याङजालाई ४–० को भारी अन्तरले हराउँदै क्वाटरफाईनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । खोटाङको जितमा बिक्रम माझी, निरज माझी, साजन माझी र दिनेश माझीले समान एक–एक गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गरेका दिनेश माझी म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत सोमबार पनि दुई खेलहरु हुने छन । पहिलो खेलमा मकवानपुरको बागमती टिमले सिन्धुलीसँग प्रतिस्पर्धा गर्ने छ भने दोस्रो खेलमा ओखलढुंगाले रामेछापसँग प्रतिस्पर्धा गर्ने खेल संयोजक स्याम सुन्दर माझीले बताए ।

देशभरका विभिन्न १५ जिल्लाका माझी समुदायहरु सम्मिलित १७ टोली प्रतियोगितामा सहभागी छन् । माझी समुदायका खेलाडी मात्र सहभागी हुने प्रतियोगिता कात्तिक ९ गतेसम्म मकवानपुरको बकैया गाउँपालिका–४, जुरेली खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेतालाई नगद एक लाख, उपविजेतालाई नगद ५० हजार तथा विधागततर्फ उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद पा“च–पा“च हजार रुपैया“ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...