धनकुटा वराह गोल्डकपको सेमिफाइनलमा

वराहक्षेत्र (खेलदैनिक) । धनकुटा फुटबल क्लब, जारी चौथो वराह गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा धनकुटाले डाँगीहाट फुटबल क्लब, मोरङलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै सेमिफाइनल तय गरेको हो ।

वराह क्षेत्र २, सुनसरी स्थित आदर्श खेलमैदानमा भएको खेलमा यसअघि नियमित समयतर्फ दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा सनम राई म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत कार्तिक ४ गते सोमबारको खेल चर्च ब्वाईज क्लब, काठमाडौं र रेड हर्स क्लब, इलामबीच हुने आयोजकले जनाएको छ ।

वराह क्षेत्र फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक ९ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...