कठिन जितका साथ डाँगिहाट सेमिफाइनलमा

  • गोपाल काफ्ले

पथरी (खेलदैनिक) । खेल शुरु भएको पहिलो मिनटमै लिएको अग्रता जोगाउन नसक्दा दमक फुटबल एकेडेमी, झापा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरीएको छ ।

खेल सुरु भएको पहिलो मिनेटमै दमकका अनिल तिमिल्सनाले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । डिफेन्डर बिक्रम लिम्बुले डिबक्स भित्र बल कन्ट्रोल गर्न नसक्दा अनिलले बललाई गोलपोष्टको जाली चुमाएका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम मिनेटमा डाँगिहाटका बिक्रम लिम्बुको पासमा विक्रम तामाङले गोल गरेपछी निर्धारीत समय १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । त्यसपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । ट्राईबेकरमा दमकलाई ४–२ गोल अन्तरले पाखा लगाउदै डाँगिहाट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न समेत सफल भयो ।

टाइव्रेकरमा डागिहाटका लागि शंकर राई, विक्रम लिम्बू, विक्रम धिमाल, सुरेन खवासले गोल गरेका थिए । दमकका लागि सुसन कार्की र किस्मत लिम्बुले गोल गरे भने राजन धिमालको प्रहार विपक्षी गोलरक्षक छिरिङ तामाङले बचाएका थिए । त्यस्तै अनिश खड्काको प्रहार पोष्ट बाहिरिएको थियो ।

खेलको म्यान अफ दि म्याच डाँगिहाटका गोलरक्षक छिरिङ तामाङ घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक ३ गते आइतबारको पहिलो सेमिफाइनल खेल लेटाङ फुटबल क्लब र योसेक फुटबल क्लब उर्लाबारी मोरङवीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद ८१ हजार, १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेता टोलीले ५१ हजार, १ सय ११ रुपैयाँका साथै ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...