माझी गोल्डकप : सुनसरी र नुवाकोटलाई सफलता

मकवानपुर (खेलदैनिक) । माझी समुदायको पहिचानलाई देशव्यापी बनाउन मकवानपुरमा जारी राष्ट्रिय माझी गोल्डकप फुटबले प्रतियोगितामा शनिबार भएको खेलमा सुनसरी र नुवाकोट बिजयी भएका छन ।

पहिलो खेलमा सुनसरीले धादिङलाई ५–० को भारी अन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुनसरीको जितमा देबकुमार माझीले ह्याट्रिक गरे भने सबिन माझी र प्रबिण माझीले एक–एक गोल गरे । खेलमा ह्याट्रिककर्ता सुनसरीका देबकुमार माझी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै शनिवार हुने भनिएको दोस्रो खेलमा झापाको टिम नआएपछी नुवाकोट बिजयी भएको छ । आयोजकका अनुसार आइतबार पनि दुई खेल हुने छन । पहिलो खेलमा रौतहटले धनुषासँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा खोटाङले स्याङजासँग प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक स्याम सुन्दर माझीले बताए ।

देशभरका विभिन्न १५ जिल्लाका माझी समुदायहरु सम्मिलित १७ टोली प्रतियोगितामा सहभागी छन् । माझी समुदायका खेलाडी मात्र सहभागी हुने प्रतियोगिता कात्तिक ९ गतेसम्म मकवानपुरको बकैया गाउँपालिका–४, जुरेली खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेतालाई नगद एक लाख, उपविजेतालाई नगद ५० हजार तथा विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद पा“च÷पा“च हजार रुपैया“ पुरस्कारको व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...