एपिएफलाई हराउदै लेटाङ्ग सेमिफाइनलमा

  • गोपाल काफ्ले

पथरी (खेलदैनिक) । पथरीमा जारी दोस्रो खुल्ला नकआउट फुटबल प्रतियोगितातर्फ शुक्रबार भएको खेलमा शसस्त्र प्रहरी बल (एपीएफ) झापालाई टाइब्रेकरमा पराजित गर्दै साबिक बिजेता लेटाङ फुटबल क्लब सेमिफाइनलमा प्रवेस गरेको छ ।

लेटाङले ट्राईबेकरमा ३–५ गोल अन्तरले एपिएफलाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

टाईब्रेकरमा लेटाङका मनि राई, यमन मगर, भुवन राई, अनिमेश श्रेष्ठ र गोलरक्षक अंजित श्रेष्ठले गोल गरे भने एपिएफका विशाल मगराती, युबराज श्रेष्ठ र रोसेस श्रेष्ठले मात्र गोल गर्न सफल भए । एपिएफका रबिन खडकाको प्रहार पोस्ट बाहिरिए पछी लेटाङको विजयी भएको हो ।

खेलको म्यान अफ दि म्याच लेटाङका गोलरक्षक अन्जेत श्रेष्ठ घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक २ गते शनिबारको खेल दमक फुटबल एकेडमी, झापा र डाँगिहाट फुटबल क्लब, बेलबारी मोरङ वीच हुने आयोजकले जनाएको छ ।

पथरीशनिश्चरे हङकङ परिवार तथा पथरी शनिश्चरे नगरपालिकाले प्रायोजन गरेको प्रतियोगिताको विजेताले नगद ८१ हजार १ सय ११ का साथ मेडल ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ५१ हजार १ सय ११ प्राप्त गर्नेछ । प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...