माझी गोल्डकपमा मकवानपुर ‘ए’ को विजयी शुरुवात

मकवानपुर (खेलदैनिक) । अति सीमान्तकृत जातिको रुपमा रहेको माझी समुदायको पहिचानलाई देशव्यापी बनाउन मकवानपुरमा शुक्रबारबाट राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिनमा मकवानपुर ‘ए’ ले बारालाई पराजित गरेको छ । मकवानपुरले बारालाई ३–० गोलअन्तरले पराजित गरेको हो । मकवानपुरको जितमा अनिल माझी, अरुण माझी र समेश माझीले गोल गरेका थिए ।

देशभरका विभिन्न १७ जिल्लाका माझी समुदायहरु सम्मिलित टोली प्रतियोगितामा सहभागी छन् । माझी समुदायका खेलाडी मात्र सहभागी हुने प्रतियोगिता कार्तिक १० गतेसम्म मकवानपुरको बकैया गाउँपालिका–४, जुरेली खेल मैदानमा हुनेछ । प्रतियोगितामा करिब २१ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।

प्रतियोगिताको विजेतालाई नगद एकलाख, उपविजेतालाई नगद ५० हजार तथा विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद पा“च÷पा“च हजार रुपैया“ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...