पुलिसको जितमा सुमनको ह्याट्रिक

(तस्विर : एटुजेडसमाचार)

चितवन (खेलदैनिक) । जारी टुबोर्ग जेसिज बिकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले शानदार जित हात पारेको छ । शुक्रबार भरतपुर स्थित क्याम्पा चौरमा भएको खेलमा पुलिसले सरस्वती युथ क्लबलाई ५–० को फराकिलो अन्तरले हरायो ।

पुलिसको जितमा सुमन लामाको ह्याट्रिक बाहेक निर कुमार राई र हेम तामाङले थप एक–एक गोल गरे । शुक्रबारको खेलमा पुलिसका ह्याट्रिकर्ता सुमन लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे ।

यो जितसँगै पुलिस प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत कार्तिक २ गते शनिबारको खेल एपिएफ क्लब र झापा–११ बीच हुने आयोजकले जनाएको छ ।

नारायणगढ जेसीजको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहेको छ । टुबोर्ग बियरको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६,०६६६६ हात पार्नेछ भने उपविजेताले ३,०३३३३ रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...