टाइब्रेकरमा पञ्चायनलाई सफलता

पथरी (खेलदैनिक) । यहाँ जारी दोस्रो पथरीशनिश्चरे खुला नकआउट फुटबल प्रतियोगितातर्फ विहिबार भएको खेलमा पञ्चायन फुटवल क्लव धरान बिजयी भएको छ । जित हात पार्ने क्रममा पञ्चायनले टाइव्रेकरमा पथरी स्र्पोटिङ क्लव पथरीशनिश्चरेलाई १ बिरुद्ध ३ गोल अन्तरले पराजित गरेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । टाइब्रेकरमा पन्चायन धरानको तर्फबाट अजित तामाङ, आविस्कार खड्का र रोशन भुजेलले गोल गरेका थिए । त्यस्तै आयोजक पथरीको तर्फबाट सन्तोष न्यौपानेले गोल गरेपनी सुबास तामाङ, मीन धिमालको प्रहार बाहिरिएको थियो । साथै विशाल पाण्डेको प्रहार भने धरानका गोल रक्षक निशान राजधामिले बचाएका थिए ।

यसअघि नियमित समयतर्फ पथरी स्पोटिङका योगेस तामाङ र विशाल पाण्डेले गोल गरेका थिए भने उता पञ्चायनका लागि तिर्थ बस्नेतले दुवै गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच पञ्चायन फुटवल क्लव धरानका तिर्थ बस्नेत घोषित भए ।

प्रतियोगिता अन्तरगत शुक्रबारको खेल शसस्त्र प्रहरी बेस क्याम्प (एपीएफ) झापा र साबिक विजेता लेटाङ फुटबल क्लब, मोरङले प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल संयोजक नवीन ढकालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...