बीआरसीको विजयी सुरुवात

झापा (खेलदैनिक) । बुधबारदेखि शुरु प्रथम दमक चुलाचुली कप नकआउट फुटबल प्रतियोगितामा फ्यान्स क्लब बीआरसीले बिजयी शुरुवात गरेको छ ।

दमकको चुलाचुली खेलमैदानमा भएको उद्घाटन खेलमा बीआरसीले नवकिरण युवा क्लब, दमकलाई टाइब्रेकरमा ३–१ ले हराउँदै बिजयी शुरुवात गरेको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलको म्यान अफ दी म्याच फ्यान्स क्लब बीआरसीका गोलरक्षक दिपांशु राउत घोषित भए । दमक ३ को संयोजनमा आयोजित फुटबल प्रतियोगितामा बिहीबारको खेल दमकको रोयल स्पोर्टिङ क्लब र कमल गाउँपालिकाको खेलकुद विकास समितिबीच हुने आयोजकले जनाएको छ ।

यहि आउँदो कात्तिक ९ गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार र उपविजेताले ३० हजार पाउने खेल संयोजक कुमार गिरीले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...